माओवादीका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज
२०७९ माघ ६, शुक्रबार १६:३६
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरको सुमेरु अस्पताल भर्ना भएका उनी शुक्रबार डिस्चार्ज भएका हुन् ।
उनी एक साताको उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि रोल्पाबाट हेलिकप्टरमार्फत ल्याएर उनलाई अस्पताल भर्ना गरिएको थियो ।
लामो समयदेखि जन्डिसजन्य रोगबाट पुन पीडित छन् ।
