आज सोनाम ल्होसार मनाइँदै, देशभर सार्वजनिक विदा

तु खबर संवाददाता
२०७९ माघ ८,आईतवार ०८:१६
file-photo

मकवानपुर । आज सोनाम ल्होसार–२८५९ मनाइँदैछ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व विविध कार्यक्रम गरि मनाउन लागिएको हो ।

मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

यस दिन तामाङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ ।

सरकारले यस पर्वको अवसरमा आज सार्वजनिक विदा दिएको छ ।