समाचार

म्यान मकवानपुरका नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण

मकवानपुर । मोबाईल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको शनिबार शपथ तथा पदस्थापना गरिएको छ । गत पुस ९ गते भएको ११ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनमा निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद तथा गोपनीयताको शपव एवम् पद स्थापना गरेका हुन् । कार्यक्रम म्यान मकवानपुरका अध्यक्ष दिनेश लामाको अध्यक्षता...

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका वडा नम्वर ४ सिस्नेमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । गंगादेव गाउँपालिका–७ राँकबाट तेल लिन खाली ड्रम बोकेर सल्यानतर्फ गइरहेको रा १ त ४१६१ नम्वरको ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्याक्टर चालक...

प्रधानमन्त्रीद्वारा सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताएका छन् । थारू तथा मगर समुदायलगायत समुदायले मनाउने चाड माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) को अवसरमा एक शुभकामना सन्देश दिंदै सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले यस पर्वका अवसरमा सम्पूर्ण नेपालीलाई सामाजिक...

‘नेपाली पर्वहरूले नेपाली पहिचान निर्माण गर्न योगदान पुर्याएको छ’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छन् । राष्ट्रपति भण्डारीले माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सु–संस्कृत र समतामूलक समाजको निर्माण गर्न...

चीनमा पछिल्लो एक महिनामा कोरोनाबाट ६० हजारको मृत्यु

काठमाडौं । चीनमा पछिल्लो एक महिनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण झण्डै ६० हजार जनाको मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएको छ । चिनियाँ अधिकारीहरूका अनुसार, सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको हो । जिआओका अनुसार...

बागमती प्रदेश प्रमुख शर्माद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

मकवानपुर । आइतबार माघ १ मा मनाइँदै गरिएको माघे संक्रान्तिका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले प्रेस विज्ञप्ती जारी गर्दै माघे संक्रान्तिको शुभकामना व्यक्त गरेका हुन् । उनले जारी गरेको विज्ञप्तीमा सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने दिनलाई मकर...

आज माघे संक्रान्ति, थारु समुदायको नयाँ वर्ष

मकवानपुर । आज माघे संक्रान्ति अर्थात् थारु समुदायको नयाँ वर्ष । आज विभिन्न किसिमका कार्यक्रम गरी माघे संक्रान्ति मनाइँदै छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ माघी पर्व मनाउँदै छन् । थारु समुदायले माघ १ गते  स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी...

प्रधानमन्त्री प्रचण्ड अब छिट्टै भारत भ्रमणमा जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिटै भारत भ्रमणमा जाने भएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा अनलाइन मिडियाका सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले सो कुराको जानकारी गराएका हुन् । उनले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताउँदै त्यसको तयारी भइरहेको जानकारी गराए...

गण्डकी प्रदेशको सभामुखमा माओवादीका धिताल निर्वाचित

पोखरा । गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकले धितालले ३२ संसदले मतसहित सभामुखमा निर्वाचित भएका हुन् । बैठकमा ५८ संसद उपस्थित थिए । एमालेका जेष्ठ सदस्य मित्रलाल बस्यालले सभा संचालन गरेका थिए । धिताललाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि...

हेटौंडाको अग्रगती सहकारी अध्यक्षमा विकेशलाल चयन

मकवानपुर । अग्रगती बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडाको अध्यक्षमा विकेशलाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । संस्थाको शनिबार भएको दशौं वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । संस्था उपाध्यक्षमा दीनेश अर्याल, सचिव पवित्रा दहाल, कोषाध्यक्ष प्रल्हाद मिश्र चयन भएका छन् भने सदस्यहरुमा क्रमशः...