समाचार
पोखरा विमान दुर्घटना : सनाखत भएको शव आज आफन्तलाई बुझाइने
काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आज आफन्तलाई बुझाइने भएको छ । सनाखत भएका शव आवश्यक प्रक्रिया पूरा गरेर आज आफन्तलाई बुझाउने भएको हो । सनाखत भएका शवहरू बिहान ९ बजेदेखि प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने तयारी गरिरहेको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीका...
विमान दुर्घटनाको शोकमा आज देशभर सार्वजनिक विदा
काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९–एन–एनएसी ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो...
बागमती प्रदेशसभाको उपसभामुख निर्वाचन आज हुँदै
मकवानपुर । बागमती प्रदेशसभाको उपसभामुख पदको निर्वाचन आज हुँदैछ । आज अराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा उपसभामुख निर्वाचन हुने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । निर्वाचनको लागि विभिन्न दलका तीन जनाले आ–आफ्नो मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेमा तीनै जना महिला रहेका छन् ।...
हेटौंडामा माघी महोत्सव भव्य रुपमा मनाईयो
मकवानपुर । थारु जातिको महान् पर्व माघीको अवसरमा हेटौंडामा महोत्सव आयोजना गरी धुमधामका साथ मनाईएको छ । पाँचौ थारु माघी महोत्सवमा झाँकी, नाचगान, शुभकामना आदनप्रदानसँगै थारुको परिकारहरु र गहनाको स्टलहरु राखेर भव्य रुपमा मनाइएको हो । महोत्सवमा घुंगीको बिशेष परिकार, माछाको अचार, तिल र भुजाको लड्डु लगायतको खानेकुरा स्टलहरुमा...
भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माण गर्नुपर्ने : बागमती प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेका प्रदेश प्रमुख यादव चन्द्र शर्माले भूकम्पीय जोखिमबाट बच्नका लागि सुरक्षित संरचनाहरु निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । आज माघ २ मा मनाइँदै गरिएको २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यो दिवसले सुरक्षित संरचना निर्माणका लागि थप प्रेरणा...
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
काठमाडौं । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा...
विमान दुर्घटना अपडेट : मृतकको शव भोलि परिवारलाई बुझाइने
पोखरा । यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव भोलि परिवारलाई बुझाइने भएको छ । पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, संकलन भएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ । शाहीका अनुसार, पहिचान नभएका शवको डीएनए परीक्षण...
सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने सरकारको निर्णय
काठमाडौं । सरकारले सोमबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्वर १५ नयाँगाउँस्थित सेती नदीको खोचमा आइतबार बिहान भएको विमान दुर्घटनामा परेर मृत्यु भएकाप्रति दुःख व्यक्र गर्दै सरकारले राष्ट्रि झण्डा आधार झुकाउने निर्णय गरेको हो । गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार, राष्ट्रिय...
पोखरा विमान दुर्घटना अपडेट : मृतकमध्ये ११ जनाको सनाखत
पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार, १ विदेशीसहित ११ जनाको सनाखत भएको हो । दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ...
राष्ट्रिय योग दिवसको अवसरमा वृद्धवृद्धाको स्वास्थ्य परीक्षण
मकवानपुर । जिल्ला आयुरवेद स्वास्थ्य केन्द्र मकवानपुरको आयोजनामा आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ मा रहेको ओम बृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गरेको छ । आयुरवेद केन्द्र मकवानपुरले राष्ट्रिय योग दिवसका अवसरमा बृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरेको हो । बृद्धाश्रममै आएर डाक्टरसहितको टोलीले स्वास्थ्य परिक्षण गरेको...









