कांग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता

तु खबर संवाददाता
२०७९ माघ १०,मंगलवार ०९:०८

काठमाडौं । संघीय संसद सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । संघीय संसद् सचिवालयमा कांग्रेसले विपक्षी दलको सुविधा उपलब्ध गराउन निवेदन दिएको थियो ।

गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि विपक्षी दल को हुने भन्नेबारे प्रश्न खडा भएको थियो ।

प्रमुख विपक्षी दलको मान्यता दिन नेपाल मजदुर किसान पार्टीले सचिवालयलाई निवेदन दिएको थियो ।

सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा दलको कार्यालयको पत्र संख्या २०७९÷०८० चलानी नम्बर ४५ मिति २०७९ पुस २९ को पत्रवाट प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय शेरबहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरू अनुसूची १ तथा अनुसूची २ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।’