सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ३ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयरबजार झिनो अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले घटेको नेप्से सूचक मार्केट क्लोज हुँदासम्म ८.१४ अंकले बढेर २१७३ विन्दुमा पुगेर रोकिएको छ ।
नेप्सेमा सूचीकृत २४८ कम्पनीको ८३ लाख १८७ कित्ता शेयर किनबेच हुँदा आज ३ अर्ब ३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
साथै नेप्सेमा रहेका १३ सूचकमध्ये आज ४ सूचक राताम्य रहेका छन् भने बाँकी सबै सूचकमा हरियाली छाएको छ ।