बागमतीमा अब ११ मन्त्रालय कायम हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा अब ११ वटा मन्त्रालय कायम रहने बताएका छन् । मंगलबार प्रदेशको मन्त्रालय घटाउन गठित कार्यदलको सुझावसहितको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशमा अब ११ वटा मात्रै मन्त्रालय कायम रहने बताएका हुन् ।
गत पुस २६ गते मुख्यमन्त्री जम्मकट्टेले मुख्यमन्त्रीको शपथ लिएसँगै मन्त्रालय संख्या हेरफेरका लागि गठित कार्यदलले मंगलबार मन्त्रालय घटाउने प्रतिवेदन पेश गरेको हो । १५ दिनसम्म उक्त कार्यदलले प्रदेशको काम र व्ययभारका आधारमा ९ वा ११ वटा मन्त्रालय कायम गर्न सुझाव दिएको थियो ।
उक्त सुझावका आधारमा मन्त्रिपरिषदको मंगलबार साँझ बस्ने बैठकले अन्तिम निर्णय गर्न बाँकी रहदै मुख्यमन्त्री जम्कट्टेलले ११ वटा मन्त्रालय कायम गर्ने बताए । बागमती प्रदेशसभामा यसअघि १४ वटा मन्त्रालय रहेको थियो ।