प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो प्रमुख सल्लाहकारमा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन् । गजुरेलले आफू प्रमुख सल्लाहकारमा नियुक्त भएको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले गजुरेलाई यसअघि नै प्रमुख राजनीतिक सल्लाहकार बनाउने प्रस्ताव गरेका थिए । आफूले टिकट नपाएकोमा असन्तुष्टि जनाउँदै गजुरेलले असहमति पत्र समेत माओवादी पार्टी कार्यालयमा बुझाएका थिए ।