१३ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ माघ ९,सोमबार १६:१०

काठमाडौं । तीन दिनपछि खुलेको शेयरबजार आज दोहोरो अंकले घट्न पुगेको छ । प्रि–ओपनिङ सेसनमा नेप्से सूचक बढेपनि मार्केट क्लोज हुँदासम्म १३.७१ अकले घटेर २१६५ विन्दुमा पुगेर रोकिएको छ ।

आज नेप्सेमा सूचीकृत २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा रहेका १३ सूचकमध्ये आज बैकिङ्ग र म्युचुअल फण्ड सूचक बाहेकका सबै सूचक राताम्य रहेका छन् । बैकिङ्ग सूचक आज १.०८ प्रतिशतले बढेको छ भने म्युचुअल इन्डेक्स ०.६६ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै हाइड्रोपावर सूचकको २.४२ प्रतिशतले घटेको छ ।