मकवानपुरका एक जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ माघ ९,सोमबार १७:१९

मकवानपुर । मकवानपुर प्रहरीले सोमबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका वडा नम्वर ८ दारिमबासबाट एक किलो अफिमसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय अन्दाजी ५० वर्षीय शेख भिखारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, दिउँसो सवा ३ बजेको समयमा विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले कान्द्राङबाट मनहरीतर्फ आउँदै गरेको बा ४ ख ५१४८ नम्वरको यात्रुबाहक बसमा चेकजाँच गर्दा बसमा सवार उनको साथबाट सो परिमाणको अफिम बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।