भीरबाट लडेर मकवानपुरकी युवतीको मृत्यु

तु खबर संवाददाता
२०७९ माघ ८,आईतवार १६:०१

मकवानपुर । मकवानपुरका भीमरबाट लडेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको बागमती गाउँपालिका वडा नम्वर ३ मा भीरबाट लडेर एक युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय कुटिभकारी बस्ने अन्दाजी १८ वर्षीया रेखा माया थोकर रहेको छनु । उनको शनिबार बिहान साढे ८ बजेको समयमा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी शिवराईगाउँ प्रहरी चौकीबाट टोलि खटिएको थियो । मृतकको शव आफन्तले घरमा ल्याएर राखेको अवस्थामा रहेको थियो ।

घटनाको मुचुल्का उठाएर थप अनुसन्धान भईरहेको जनाइएको छ ।