जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको मृत्यु
काठमाडौं । जुम्लामा जडीबुटी मिसाएको खाजा खादा एक जनाको मृत्यु भएको छ भने तीन जना बिरामी भएका छन् ।
जुम्ला चन्दननाथ नगरपालिका–८ रोकायावाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीय दीपक रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
प्रहरीका अनुसार, चन्दननाथ–८ का तिल धरालाको घरमा बनाउने क्रममा खाजा खादा बिरामी भई अस्पताल आएकामध्ये दीपक रोकायाको मृत्यु भएको हो ।
यस्तै, उक्त खाजा खाँदा सोही ठाउँका ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला बीरामी भएका छन् । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ ।
शनिबार दिउँसो ३ बजे चाउचाउ र सिमीको खाजामा गुन्नाइनु नामको जडीबुटी हालेर खाएको पाइएको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसनधान भइरहेको जनाइएको छ ।
