सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारीहरूको बैठक

तु खबर संवाददाता
२०७९ माघ ९,सोमबार ०८:४३
file-photo

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक देउवा निवास धुम्बाराहीमा साढे ९ बजे बस्ने गरी बोलाइएको हो ।

समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

नेताहरूले भने छलफलको विषयमा जानकारी नभएको तर, सभापतिले बैठक बोलाएको बताएका छन् । पदाधिकारी बैठकमा पनि पछिल्लो राष्ट्रिय राजनीतिका बारेमा छलफल र समीक्षा हुने नेताहरूले बताएका छन् ।