लागूऔषधसहित एक जना पक्राउ
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ माझिमटारबाट अवैध लागूऔध गाँजासहित प्रहरी एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अन्दाजी ४ केजी गाँजासहित आइतबार बिहान एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको धुनिबेसी नगरपालिका–३ बस्ने २३ वर्षीय निश्चल पुरी रहेका छन् । प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा २ ख १४१० नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
