क्यालिफोर्निायामा गोली चल्दा १० जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ माघ ९,सोमबार ०९:४६
file photo

क्यालिफोर्निया । क्यालिफोर्नियाको मोन्टेरी पार्कको एक व्यापारिक परिसरमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । संदिग्ध आक्रमणकारी पनि मारिएका छन् । लस एन्जलस काउन्टी सेरिफ विभागले गोलाबारीका संदिग्ध पुरुष भएको जनाएको छ ।

चान्द्रमान अनुसार मनाइने नववर्षको अवसरमा आयोजित एक मेलाका अवसरमा व्यापारिक परिसरमा हजारौँ मानिसहरू भेला भएका थिए ।

आक्रमणपछि शहरमा प्रहरीको बाक्लो उपस्थिति थियो । आक्रमणको कारण खुलेको छैन् । एजेन्सी