गोली प्रहार घटनामा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८२ पुष १५, मंगलवार ०७:००
फोटो क्रेडिट : म्यालिएोटाकिसको वेबसाइट

न्युयोर्क । म्यानहटनको व्यस्त क्षेत्र बिलिनियर्स रोु मा आइतबार एक २७ वर्षीय पुरुषमाथि गोली प्रहार भएको छ। न्युयोर्क प्रहरीका अनुसार ती व्यक्तिको छातीमा गोली लागेको छ र उनको अवस्था चिन्ताजनक छ।

घाइतेलाई तत्काल उपचारका लागि माउन्ट सिनाई वेस्ट अस्पताल लगिएको छ। प्रहरीले हाल घटनास्थलबाट प्रमाण संकलन गरिरहेको छ, तर आक्रमणकारी र घटनाको कारणबारे विस्तृत विवरण खुल्न बाँकी छ।

यसैबीच, शनिबार राति ब्रोंक्समा भएको अर्को गोलीकाण्डमा १५ वर्षीय एक किशोरले ज्यान गुमाएका छन्। ब्रोंक्सको एलर्टन क्षेत्रस्थित न्युयोर्क सिटी हाउजिङ अथोरिटीको भवनभित्र भएको सो घटनामा कनेक्टिकटका एरिक एटकेनको मृत्यु भएको हो। सोही घटनामा अर्का १४ वर्षीय किशोर घाइते भएका छन्, जसको हातमा गोली लागेको छ।

प्रहरीले यस सम्बन्धमा पनि थप अनुसन्धान गरिरहेको छ।