युयोर्कमा युनाइटेड हेल्थ केयरका सीइओको गोली हानी हत्या

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा युनाइटेड हेल्थ केयरका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ब्रायन थोम्सनको गोली हानी हत्या गरिएको छ । थोम्सनलाई बुधबार म्यानहट्टनको मिडटाउनमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको हो ।
सो कम्पनीको एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा आक्रमण भएको प्रहरीले जनाएको खसोखास डटकममा समाचार छ ।
खसोखासको समाचारमा जनाइए अनुसार, एनवाईपीडीका कमिश्नर जेसिका टिस्चका अनुसार बिहान ७ बजेभन्दा केहीअघि चिसो तापक्रमका कारण मास्क लगाएका आक्रमणकारीले हिल्टन मिडटाउन होटलबाहिर थुप्रै समय पर्खेर हमला गरेका थिए ।
आक्रमणकारीले थोम्पसनलाई दुई गोली प्रहार गरेका थिए । उनलाई अस्पतालले मृत घोषणा गरेको छ ।