स्थापना दिवसको अवसरमा सुत्केरीलाई आवश्यकीय सामग्री विवरण

तु खबर संवाददाता
२०७९ माघ ९, सोमबार ०८:३०

मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा रहेका सुत्केही महिलाहरुलाई आवश्यक पर्ने प्याड, प्रोटिन पाउडर, डाइपर, बिस्कुट र स्याउ वितरण गरिएको छ ।

आइतबार हेटौंडा–७, किरणचोक आमा समूहले आफ्नो १३ औं स्थापना दिवसको अवसरमार आयोजना गरेको ‘सुत्केरी महिलाहरुलाई स्नेहमिलन कार्यक्रम’ अन्तरगत पहिलो दिन हेटौंडा अस्पतालका २२ जना सुत्केरीलाई उक्त सामग्री विरण गरेको हो ।

उक्त कार्यक्रम अन्तरगत आज दोस्रो दिन टोल सरसफाई कार्यक्रम र तेस्रो दिन दीप प्रज्जवलन गरेर कार्यक्रम समापन गरिने समूहकी अध्यक्ष सावित्री अधिकारीले जानकारी दिइन् । कार्यक्रम किरणचोक आमा समूहको अध्यक्ष सावित्री अधिकारीको सभाध्यक्षतामा भएको हो ।

देउसीभैलो कार्यक्रमको आयोजना गरेर संकलित रकमबाट आमा समूहले विविध कार्यक्रम गर्ने क्रममा सुत्केरी आमालाई कोसेली वितरण गरेको समूहकी अध्यक्ष अधिकारीले बताइन् ।

यसअघि आमा समूहले सदस्यहरुको क्षमता विकास कार्यक्रमअन्तर्गत उद्घोषण तथा भाषण कलासम्बन्धी तालिमको आयोजना गरेको थियो । यस्तै अवलोकन भ्रमणको कार्यक्रम पनि आयोजना गरेको थियो ।