कपडा तथा तयारी पोशाक व्यवसायी संघद्वारा न्यानो कपडा वितरण
मकवानपुर । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले सोमबार हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
संघले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, भैरवडाँडास्थित भैरव आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
संघका अध्यक्ष नेत्रप्रसाद खतिवडाको नेतृत्वमा व्यवसायीको एक समूह विद्यालयमै पुगेर न्यानो कपडा वितरण गरेको हो । यसअघि गत पुस २८ गते नै न्यानो कपडा वितरण गर्ने तयारी गरिए पनि विद्यालयमा विदा भएकाले सोमबार मात्रै न्यानो कपडा वितरण गरिएको हो ।
उक्त संघले यसअघि पुस २७ गते भीमफेदी गाउँपालिकाका ५ वटा विद्यालयमा एकैदिन न्यानो कपडा वितरण गरेको थियो ।
