नेप्सेमा थप ९ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

तु खबर संवाददाता
२०७९ माघ ९,सोमबार १७:३३
file-photo

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

एक्सल डेभलपमेन्ट बैंकको साधारण सभाबाट पारित भएको ८.५ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ९ लाख ७९ हजार २३ कित्ता आज सूचीकृत भएको हो ।

सूचीकृतपश्चात सो शेयर सम्बन्धित शेयरधीको हितग्राही खातामा जम्मा भएपछि शेयरबजारमा कारोबार गर्न मिल्नेछ ।