कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने

तु खबर संवाददाता
२०७९ माघ ९,सोमबार १७:३९

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने भएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको पार्टीको पदाधिकारीको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

कांग्रेसले कुनै पनि बहानामा राष्ट्रपति निर्वाचन नसार्न सरकार र निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिएको नेपाली कांग्रेसले यसअघि, सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएको थियो ।