आज माओवादीको स्थायी समिति बैठक बस्दै

तु खबर संवाददाता
२०७९ माघ १२,बिहीबार ०८:१५

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुनेछ ।