समाचार
न्यौपानेको पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप जारी
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट सभामुख पदमा उम्मेदवार बनेकी ईश्वरी न्यौपानेको पक्षमा मत दिन पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेको छ । सभामुख पदका लागि कांग्रेसका तर्फबाट न्यौपाने र सत्ता गठबन्धनका तर्फबाट देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बुधबार विज्ञप्ति...
मधेसका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत प्राप्त भएको छ । बुधबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् । गत पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय ललका नेता यादवलाई प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसकोसहित...
बागमती प्रदेशमा लागूऔषध ओसापसारमा संलग्न २५७ जना पक्राउ
मकवानपुर । बागमती प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा लागूऔषध ओसारपसारमा संलग्न २५७ जना पक्राउ परेका छन् । सो अवधिमा प्रदेशको काठमाडौं उपत्यका बाहेकको तीन जिल्ला बाहेका १० जिल्लामा लागूऔषध ओसारपसारमा संलग्न २५७ जना पक्राउ परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा...
दुर्घटनामा परेर हेटौंडाका मोक्तानको मृत्यु
बागलुङ । बागलुङमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका १४ का अन्दाजी ४३ वर्षीय राजु मोक्तान रहेका छन् । सिगानाबाट काठेखोला पुल तर्फ आउँदै गरेको बा २ क ९२५८ नम्बरको टिपर आज बिहान १० बजे बागलुङ नगरपालिका...
राष्ट्र बैंकद्वारा ६ विकास बैंकलाई कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले कर्णाली, कर्पोरेट, सिन्धु, नारायणी, सप्तकोशी र सालपा विकास बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासमा यी बैंकहरुले अनिवार्य मौज्दात, विपन्न वर्ग कर्जा र कर्जा निक्षेप अनुपात (सीडी...
बुधबार शेयरबजारमा झिनो अंकको गिरावट
काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ३२ अंकले बढेको नेप्से सूचक आज ९ अंकले घटेर २१७३ को विन्दुमा पुगेर रोकिएको हो । नेप्से सूचक घटेपनि आज शेयरबजारमा ४ अर्ब ९२ करोडमाथिको कारोबार भएको छ । नेप्सेमा सूचीकृत २४८...
स्रोत नखुलेको साढे २२ लाखसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगञ्जको नगवाका ३४ वर्षे विकास साह र मनियारी बस्ने सुवासकुमार साह रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ५०० र १००० दरका साढे २२ लाख रुपैयाँ नगद, मोबाइल र भारती नम्बरको स्कुटर...
सभामुख पदका लागि कांग्रेसबाट ईश्वरी न्यौपानेको मनोनयन दर्ता
काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदका लागि नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् । न्यौपाने बुधबार सवा ३ बजे संसद भवन पुगेर सभामुख पदका लागि मनोनयन दर्ता गराएकी हुन् । न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश र समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन्...
लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ ग्रहण
बुटवल । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले शपथ ग्रहण गरेका छन् । सत्ता गठबन्धनबाट सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खांणले शपथ ग्रहण गरेका हुन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो सभामुख र उपसभामुखलाई शपथ ग्रहण गराएका हुन् ।...
युक्रेनमा हेलिकप्टर दुर्घटनामा परेर १६ को मृत्यु
काठमाडौं । युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा परेर आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्कीसहित १६ जनाको मृत्यु भएको छ । राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो । मृत्यु हुनेमा २ जना बालबालिका रहेका छन् । यस्तै, दुर्घटनामा परेर १० जना बालबालिकासहित २२ जना घाइते भएका छन्...










