कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेका लागि तय गरिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।
आम निर्वाचनको समीक्षा, समसामयिक राजनीति र विविध विषय छलफलका एजेण्डा थिए ।
पुस २२ गतेका लागि बोलाएको बैठक पटक–पटक सर्दै आएको थियो । राष्ट्रपति निर्वाचनअघि अब कांग्रेस बैठक बस्ने सम्भावना नरहेको पार्टीका नेताहरुले बताएका छन् ।