शेयरबजारमा झिनो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से सूचक ०.३५ अंकले घटेर २१८३ विन्दुमा पुगेर रोकिएको छ ।
नेप्सेमा सूचीकृत २५४ कम्पनीको ७७ लाख ६४ हजार १५३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८६ करोड ८२ हजार रुपैयाँको कारोबार भएको छ ।
यसअघि बुधबार शेयर १० अंकले बढेर इन्डेक्स २१८३ मा कायम भएको थियो भने नेप्सेमा सूचीकृत २६१ कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।
यस्तै, आज नेप्सेमा रहेका १३ उपसूचकमध्ये होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, निर्जिवन बीमा र ब्यापार सूचकमा हरियाली छाएको छ भने बाँकी सबै इन्डेक्स घट्न पुगेको छ ।
सर्वाधिक आज निर्जिवन बीमा उपसूचक १.४९ प्रतिशतले बढेको छ ।