नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ : मन्त्री लिङ्देन

तु खबर संवाददाता
२०७९ माघ १२,बिहीबार १६:२६
file-photo

बुटवल । उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले नेपाल हिन्दु राष्ट्र कायमै रहनुपर्ने बताएका छन् ।

रुपन्देहीमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा बोल्दै लिङ्देनले सो कुरा बताएका हुन् । उनले गुरु पण्डितहरूले समेत बोल्न नसकेको बेला नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ भनेर आफू उभिएको बताएका हुन् ।

उनले जगद्गुरु पीठ निर्माणका लागि सरकारबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।