बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त

मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायाधिकवक्तामा नेपाल नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ का नेपाललाई आज नियुक्त गरेका हुन् ।
यसअघिका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले एक महिना अघि राजीनामा दिएका थिए ।