माओवादी स्थायी कमिटी बैठक केही घण्टा पर सर्यो

तु खबर संवाददाता
२०७९ माघ १२, बिहीबार १२:११

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केही घण्टाका लागि सरेको छ । बिहान ११ बजेको लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मको लागि सरेको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुनेछ ।

माओवादी केन्द्रका नेताहरुका अनुसार सरकारका कामकारबाही र नेपाल समाजवादी पार्टी (नेसपा) लगायतसँगको एकताको विषय बैठकको एजेण्डा भएको बताए ।