हेटौंडाकी परियार बेहोस अवस्थामा फेला
मकवानपु्र । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ मानेडाँडा बस्ने अन्दाजी ६० वर्षीया बिजुला परियार आज विहान बेहोस अवस्थामा फेला परेकी छन् ।
परियार बिहान साढे ९ बजेको समयमा घरबाट ५०० मिटर टाढा स्थानीय रामधुनी चोक बस्ने नवराज खतिवडाको घरको पिढिमा बेहोस अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार, प्रहरी चौकी ठुलोदमारबाट प्रहरी नायव निरीक्षक अर्जुन देवकोटाको कमाण्डमा टोली खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागि हेटौंडा अस्पताल पठाएको छ ।
महिलाको आफन्तसँगै रहेको र बेहोसको कारण नखुलेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । परियार पहिलादेखी दमको बिरामी भन्ने बुझिएको र उनको शरिरमा घाउचोट केही पनी नरहेको उनले बताए ।
