दुर्घटनामा परेर न्यौपानेको मृत्यु

तु खबर संवाददाता
२०७९ माघ १२, बिहीबार १२:०३
सांकेतिक तस्वीर

पाल्पा । पाल्पामा गएराति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना ८ ख ७९२४ नम्वरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपाने रहेका छन् । गएराति तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको टिपर सडकबाट करिब एक हजार तीन सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनापश्चात् खोततलास गर्ने क्रममा न्यौपानेको शव आज बिहान तिनाउ खेलामा फेला परेको प्रहरीले जनाएको छ ।