मकवानपुर पाष्टर एशोसिएशनको अध्यक्षमा गोपाली

मकवानपुर । मकवानपुर पाष्टर एशोसिएशनको अध्यक्षमा थाहा नगरपालिकाका सुवास गोपाली चयन भएका छन् ।
बिहीबार भएको मकवानपुर पाष्टर एशोसिएशनको १२ औँ अबिधेशनबाट गोपालीको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
यस्तै, समितिको उपाध्यक्षमा उत्तम थोकर, कुमार पाख्रिन, विष्णुलाल प्रजा र रमिला शर्मा, सचिवमा सागर श्रेष्ठ, कोषाध्यक्षमा मदन सिं सिन्तान चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः पुर्ण लामा, सामेल राई, विजय बजगाई र मिनबहादुर रुम्बा चयन भएका छन् ।