यस्तो रहनेछ आजको मौसम

तु खबर संवाददाता
२०७९ माघ १३,शुक्रबार ०८:५१
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनुको साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा कुहिरो लागेको छ ।

यस्तै, आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु तथा कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।