लागूऔषधसहित चार जना पक्राउ

धनुषा । धनुषा प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार पत्रकार सम्मेलन गर्दै धनुषाको पिडारी चोकबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको जानकारी गराएको हो ।
पिडारी चोकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको अटोमा जुटको बोराभित्र कार्टुनमा राखिएको अवस्थामा प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा प्रदेश २–०२–००१ स ०३५६ नम्वरको अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प ४४४६ नम्वरको मोटरसाइकलमा सवार चालक २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ रहेका छन् ।
त्यस्तै, अन्य पक्राउ पर्नेहरुमा ज ६ प १७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका– ४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे रहेका छन् ।
पक्राउ पर्नेहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।