समाचार

लागूऔषधसहित चार जना प्रहरीको फन्दामा

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौं, धादिङ, दाङ र सर्लाही जिल्लाबाट शुक्रबार लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले काठमाडौंका चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्रामसहित ईलाम सूर्योदय नगरपालिका–१० घर भएका...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । काठमाडौंबाट बैंकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ । प्रहरीले धादिङ गंगाजमुना गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–३ बाँसबारी बस्ने २९ वर्षीय लोकमान गुरुङलाई पक्राउ गरेको हो। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१० बानेश्वर थापागाउँबाट पक्राउ गरेको...

मकवानपुर बालविद्या सदनको अभिभावक दिवस आजबाट सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपादिका वडा नम्वर १८ खड्कुलेस्थित मकवानपुर बालविद्या सदनको १६ औं अभिभावक दिवस आजबाट सुरु भएको छ । दुई दिनसम्म संचालन हुने कार्यक्रममा अभिभावक दिवसको अवसरमा आज र भोलि विभिन्न कार्यक्रमको आयोजना गरिने भएको विद्यालयले जनाएको छ । अभिभावक दिवसको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य विष्णुमाया...

लोक सेवा आयोगले प्रदेशमा नेतृत्वदायी भूमिका खेलेको छ : मुख्यमन्त्री जम्मकट्टेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले लोक सेवा आयोगले प्रदेशमा नेतृत्वदायी भूमिका खेलेको बताएका छन् । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको शुक्रबार हेटौंडामा सम्पन्न तेस्रो वार्षिकोत्सवको अवसरमा बोेल्दै मुख्यमन्त्री जम्मकट्टेलले सो कुरा बताएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशमा हालसम्म १ हजार ४२० जना कर्मचारी नियुक्त गरेपछी काममा...

प्रदेश प्रमुखद्वारा सुशासन कायम गर्न राजनीतिक नेतृत्व र कर्मचारीलाई आग्रह

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सुशासन कायम गर्न राजनीतिक नेतृत्व र कर्मचारीलाई आग्रह गरेका छन् । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको शुक्रबार हेटौंडामा सम्पन्न तेस्रो वार्षिकोत्सवको अवसरमा बोेल्दै सो कुराको आग्रह गरेका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश लोक सेवा आयोगको स्थापनाको अवस्थामा कर्मचारी...

माओवादीका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरको सुमेरु अस्पताल भर्ना भएका उनी शुक्रबार डिस्चार्ज भएका हुन् । उनी एक साताको उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि रोल्पाबाट हेलिकप्टरमार्फत ल्याएर उनलाई अस्पताल...

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुमा बस्दै

कपिलवस्तु । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक जारी छ । गत माघ २ गतेदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको बैठक केही दिनसम्म जारी रहने जनाएको छ । विप्लव नेतृत्वको नेकपाको ४ दिनदेखि शिवगढीमा बैठक चलिरहेको एक नेताले बताए । बैठकमा पार्टीले लिने आगामी कार्यनीति र योजनाका विषयमा...

उपसभामुखमा कांग्रेसबाट यादवको मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गरेकी छन् । शुक्रबार संघीय संसद भवन परिसरमा पुगेर यादवले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् । यादवको प्रस्तावकमा कांग्रेसका सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।...

थप एक मन्त्रालय दिन प्रधानमन्त्रीले मागे जनमतसँग समय

काठमाडौं । सरकारसँग असन्तुष्ट रहेको सीके राउत नेतृत्वको जनमत पार्टीसँग प्रधानमन्त्री प्रचण्डले आइतबारसम्मको समय मागेका छन् । सुरुमा विना विभागीय मन्त्री रहेका सो पार्टीका अब्दुल खानलाई माघ ३ गते भएको मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, असन्तुष्टि जनाउँदै खानले अहिलेसम्म पदभार ग्रहण गरेका छैनन् ।...

कर्णालीका मुख्यमन्त्रीले लिए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले विश्वासको मत लिएका छन् । मुख्यमन्त्री नियुक्त भएको १० औँ दिनमा शुक्रबार प्रदेशसभामा शर्माले विश्वासको मत लिएका हुन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा शर्माको पक्षमा २५ र विपक्षमा १४ मत खसेको थियो । नेकपा माओवादी केन्द्रको १३, नेकपा एमालेको...