भिरबाट लडेर मकवानपुरका थिङको मृत्यु
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर २ देउरालीमा शनिबार भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय माइला थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, शनिबार अपराह्न साढे ४ बजेको समयमा बिहेमा गई घर फर्किने क्रममा भिरबाट लडेर उनको मृत्यु भएको हो । उक्त घटनाको बारेमा आवशयक अनुसन्धान गरिरहेको जनाइएको छ ।
