रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाँदै

तु खबर संवाददाता
२०७९ माघ १५,आईतवार ०९:०३
file-photo

काठमाडौं । अनागरिक रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् ।

गृह स्रोतका अनुसार, लामिछाने नागकिताको प्रमाणपत्रका लागि आज बिहान १० बजे जिल्ला प्रशासन कार्यालय जाने भएका हुन् ।

सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएको थियो । सर्वोच्चको उक्त फैसलासँगै लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, संसद पद र उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गएको छ ।