हेटौंडामा दौड र स्लो स्कुटी रेस प्रतियोगिता हुने

मकवानपुर । हेटौंडामा जिल्लास्तरीय पुरूष शिक्षक दौड र महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगिता हुने भएको छ ।
उक्त प्रतियोगिता सहिद दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजना तथा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको व्यवस्थापनमा हुने भएको हो ।
४ नम्वर वडा कार्यालयबाट दौड सुरू भएर पारिजातपथ हुँदै कान्तिराजपथबाट भैरवरोड पुगेर पुनः वडा कार्यालयमा आईपुग्ने आयोजकले जनाएको छ । प्रतियोगिातमा प्रथमले रु ७ हजार, दोस्रोले रु ५ हजार, तेस्रोले रु ३ हजार, चौथोले रु १ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी, स्लो स्कुटीमा प्रथम हुनेले रु ७ हजार, दोस्रोले रु ५ हजार र तेस्रोले रु ३ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
दौडमा १५० जना शिक्षक र स्लो स्कुटीमा करिब ७० जना सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।