अचेत अवस्थामा भेटिएका हेटौंडाका लामाको मृत्यु

तु खबर संवाददाता
२०७९ माघ १४,शनिबार १६:२२
सांकेतिक तस्बिर

मकवानपुर । अचेत अवस्थामा फेला परेका हेटौंडाका नवराज लामाको मृत्यु भएको छ ।

शनिबार बिहान ८ बजेर २० मिनेटको समयमा हेटौंडा–४, नेपाल बैंक नजिक सडक छेउमा अचेत अवस्थामा भेटिएका लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, बेवारिसे भएर हिँड्ने हेटौंडा–९ पशुपतिनगरका ४० वर्षीय लामाको हेटौंडामा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।