समाचार

रत्नेश्वर वंश भट्टराई समाजको अध्यक्षमा पुनः वेदप्रसाद भट्टराई

मकवानपुर । रत्नेश्वर वंश भट्टराई समाज हेटौंडा मकवानपुरको अध्यक्षमा पुनः वेदप्रसाद भट्टराई चयन भएका छन् । समाजको हेटौंडा–६ शन्तिपार्क चौघडामा शनिबार भएको वार्षिक साधारण सभा तथा वन भोज कार्यक्रमबाट अध्यक्षमा तीन वर्षे कार्यकालका लागि पुनः भट्टराई चयन भएका हुन् । भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।...

बागमती प्रदेश प्रमुख शर्माद्वारा सोनाम ल्होसारको शुभकामना व्यक्त

मकवानपुर । बागमती प्रदेश प्रमुख यादन चन्द्र शर्माले सोनाम अर्थात् तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार २५८९ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आईतबार एक सन्देश जारी गर्दै यस पर्वले सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।...

यस्तो छ आजको मौसम पूर्वानुमान

मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा...

जिप दुर्घटनामा परेर चार जनाको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा आज बिहान जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बिहान साढे २ बजेको समयमा जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा जिप चालक वीरेन्द्रनगर...

आज सोनाम ल्होसार मनाइँदै, देशभर सार्वजनिक विदा

मकवानपुर । आज सोनाम ल्होसार–२८५९ मनाइँदैछ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व विविध कार्यक्रम गरि मनाउन लागिएको हो । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व...

हेटौंडामा चक्कु प्रहारबाट एक जना घाइते, दुई पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ चुच्चेखोला शनिबार दिउँसो चक्कु प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा–४ कमलडाडा डेरा गरी बस्ने कवाडीको काम गर्ने अन्दाजी १८ वर्षीय जोधा कुमार सहनी रहेका छन् । सहनीलाई चक्कु प्रहार गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...

हेटौंडा–१३ मा माघ २५ गते लोछार सांस्कृतिक कार्यक्रम हुने

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ ठुलोथली ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ । मुल समारोह समितिले आगामी माघ २५ गते विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको हो । हेटौंडा–१३ ठुलोथलीमा ५ औं पटकको २८५९ औ सोनाम ल्होछार कार्यक्रमको तयारी तीव्र भइरहेको जनाएको छ । कार्यक्रमका मुल संयोजक...

हेटौंडामा हुने महोत्सवमा मकवानपुरगढीमा उत्पादित बालीको प्रदर्शनी हुने

मकवानपुर । हेटौंडामा हुने औद्योगिक व्यापार महोत्सवमा मकवानपुरगढी गाउँपालिकाले स्थानीय एवम् रैथानेबाली कृषि उपज प्रदर्शनी तथा बिक्री स्टल राख्ने भएको छ । मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजना कृषि ज्ञान केन्द्र चितवनको सहयोग र विभिन्न सहकारी संस्था, कृषक समूह र कृषकहरुसँगको समन्वयमा प्रदर्शनी तथा बिक्री स्टल राखिने भएको हो...

प्रतिनिधिसभाको उपसभामुख पदमा इन्दिरा राना निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भएको निर्वाचनबाट राना उपसभामुख पदमा निर्वाचित भएकी हुन् । बैठकमा मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा रानालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले उपसभामुख पदमा निर्वाचित भएको सभामुखमा देवराज घिमिरेले...

सुस्मिता हत्यामा संलग्न ४ जनालाई जन्मकैद र एक जनालाई १० वर्ष कैदको फैसला

मकवानपुर । जिल्ला अदालत मकवानपुरले हेटौंडा –४ की २४ वर्षीया सुस्मिता केसीको हत्यामा संलग्न चार जनालाई जन्मकैद र एक जनालाई १० वर्षको कैदको फैसला गरेको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले सुस्मिता हत्यामा संलग्न उनकी ससुरा ५८ वर्षीय प्रकाश थापा, जेठी नन्द २७ वर्षीया...