बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका वडा नम्वर–९ बस्ने ४७ वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।
ललितपुर उच्च अदालतले २०७८ साउनमा भीमबहादुरविरुद्ध ९ लाख ६० हजार बिगो तथा जरिवाना र ३ दिन कैद सजाय हुने फैसला गरेको थियो । उनलाई ३८ हजार क्षतिपूर्ति भराउने फैसला भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रतिवादी तामाङलाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ ।