अचेत अवस्थामा भेटिएका एकको मृत्यु

तु खबर संवाददाता
२०७९ माघ १५,आईतवार १८:५१
सांकेतिक तस्बिर

मकवानपुर । अचेत अवस्थामा फेला परेका हेटौंडाका राजकुमार दमाईको मृत्यु भएको छ ।

आइतबार दिउँसो २ बजेर ४० मिनेटको समयमा हेटौंडा–२, प्रभाकर पथस्थित भित्री सडकखण्डको छेउमा अचेत अवस्थामा भेटिएका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, बेवारिसे भएर हिँड्ने (बजार एरियामा मागि खाई हिड्ने) हेटौंडा–५ चिल्डेन पार्क बस्ने ६० वर्षीय दमाईको हेटौंडामा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।