दुर्घटनामा परेर हेटौंडाका रिमालको मृत्यु

तु खबर संवाददाता
२०७९ माघ १५,आईतवार १७:२८
File Photo

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा अटो दुर्घटना हुँदा हेटौंडाका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१ का ३१ वर्षीय सरोज रिमाल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, शनिबार पुनर्वास नगरपालीका–५ सिम्रीस्थित धनगढी–बेलौरी हुलाकी सडकमा म १ ह ८२४ नम्वरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । घाइते उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सिन्धुली नगरपालिका–११ का १८ वर्षीया सबिना घिमिरे र महोत्तरीको बर्दिवास नगरपालिका–४ का २२ वर्षीय शुशिल बुढाथोकि रहेका छन् । उनीहरुको मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।