माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०७९ माघ १६,सोमबार ०८:३६

काठमाडौं । माघ १२ देखि सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने भएको हो ।

उक्त बैठकमा प्रचण्डले यसअघि पेस गरेको प्रतिवेदनबारे छलफल हुनेछ ।

यस्तै, राष्ट्रपति र उपराष्ट्रपतिको चयनमा पार्टीको नीति, सरकार सञ्चालनसहित समसामयिक विषयमा निर्णय लिने माओवादीको तयारी रहेको छ ।