हेटौंडाका गौतमसहित दुई जना प्रहरी नियन्त्रणमा

तु खबर संवाददाता
२०७९ माघ १५,आईतवार १८:३३
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ पिप्लबाट प्रहरीले आइतबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्थानीय कृष्ण महतको घरमा डेरा गरी बस्ने थाहा नगरपालिका–३ डाडागाउँ बस्ने २८ वर्षीय कपिल बिष्ट र हेटौंडा उपमहानगरपालिका–५ बस्ने २९ को प्रेमप्रसाद गौतम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले लागूऔषध कोडिवेल ३४ बोत्तल, नाईट्राभेट ट्याबलेट ९ वटासहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृयाका लागि जिल्ला पहरी कार्यालय लगिएको जनाइएको छ ।