समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेबीच आज बिहान भेटवार्ता भएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर सभामुख घिमिरेले प्रचण्डसँग छलफल गरेका हुन् । सभामुख भइसकेपछि घिमिरेले परामर्श गरिरहेका छन् । यसअघि सर्वदलीय बैठक पनि गरिसकेका छन् । संसदलाई संचालनलगायतका विषयमा छलफल उनले परामर्श गरिरहेका...
सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारीहरूको बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक देउवा निवास धुम्बाराहीमा साढे ९ बजे बस्ने गरी बोलाइएको हो । समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । नेताहरूले भने छलफलको विषयमा जानकारी नभएको तर, सभापतिले...
स्थापना दिवसको अवसरमा सुत्केरीलाई आवश्यकीय सामग्री विवरण
मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा रहेका सुत्केही महिलाहरुलाई आवश्यक पर्ने प्याड, प्रोटिन पाउडर, डाइपर, बिस्कुट र स्याउ वितरण गरिएको छ । आइतबार हेटौंडा–७, किरणचोक आमा समूहले आफ्नो १३ औं स्थापना दिवसको अवसरमार आयोजना गरेको ‘सुत्केरी महिलाहरुलाई स्नेहमिलन कार्यक्रम’ अन्तरगत पहिलो दिन हेटौंडा अस्पतालका २२ जना...
कैलाशको बैकुण्ठमा ल्होसार साँस्कृतिक मेलाको आयोजना
मकवानपुर । तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होसारको अवसरमा डाँफेमुनाल पार्क बैकुण्ठमा पर्यटन प्रबर्धन गर्ने उद्देश्यले ल्होसार साँस्कृतिक मेला आयोजना गरिएको छ । कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले मेलाको उद्घाटन गरेका थिए । ग्रामीण पर्यटनको विकास, स्थानीय तामाङ समुदायको सँस्कृतिको जगेर्ना, भाषा, भेषभुसा र कलाको संरक्षणमा मद्दत पुर्याउने...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिएको जनाएको छ । महाशाखाका अनुसार, सोमबार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ...
हेटौंडामा ल्होसार विशेष साँस्कृतिक महोत्सव
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज ल्होसार विशेष साँस्कृतिक महोत्सव कार्यक्रमको आयोजना गरिएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र मकवानपुर तामाङ कलाकार संघको संयुक्त आयोजनामा जिल्लाको विभिन्न संघसंथाको सहयोगमा ल्होसार साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । महोत्सवमा तामाङ समुदायको कला संस्कृति झल्कने भेषभूषामा सजिएर...
नेकपा माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । बैठक यही माघ १२ गते केन्द्रीय कार्यायलमा बस्ने गरी बोलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यले जानकारी दिए । चुनावयता पहिलो पटक बस्न लागेको स्थायी समिति बैठकका एजेन्डामा पार्टी निर्माण, सरकारलाई सहयोग र पार्टीका विभाग तथा जन...
सुपरमादीको आईपीओ भोलिदेखि खुल्ला हुँदै
काठमाडौं । सुपरमादी हाइड्रोपावरले सोमबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको हो । आयोजनाले आफ्नो जारी पूँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख...
सिद्धार्थ माध्यमिक विद्यालय हेटौंडा–२ को ४७ औं वार्षिकोत्सव सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ४७ औं वार्षिकोत्सव आईतबार सम्पन्न भएको छ । विद्यायलले माघ ५, ६ र ७ गते अतिरिक्त कार्यक्रम र आज ८ गते समापन कार्यक्रमको आयोजना गरी ४७ औँ वर्षिकोत्सव सम्पन्न गरेको हो । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना...
भीरबाट लडेर मकवानपुरकी युवतीको मृत्यु
मकवानपुर । मकवानपुरका भीमरबाट लडेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको बागमती गाउँपालिका वडा नम्वर ३ मा भीरबाट लडेर एक युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा स्थानीय कुटिभकारी बस्ने अन्दाजी १८ वर्षीया रेखा माया थोकर रहेको छनु । उनको शनिबार बिहान साढे...










