समाचार

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ...

ब्राउन सुगरसहित ३ जना पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषध ब्राउनसुगरसहित आइतबार साँझ तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको बुद्धशान्ति गाउँपालिका–३ बस्ने २४ वर्षीय अजय तामाङ्, १९ वर्षीय संदेश राई र २० वर्षीय सन्तोष राजबंशी रहेका छन् । ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले प्रदेश १–०१–००२ ह ३५६ नम्वरको...

कपडा तथा तयारी पोशाक व्यवसायी संघद्वारा न्यानो कपडा वितरण

मकवानपुर । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले सोमबार हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । संघले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, भैरवडाँडास्थित भैरव आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । संघका अध्यक्ष नेत्रप्रसाद खतिवडाको नेतृत्वमा व्यवसायीको एक समूह विद्यालयमै...

स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप माघ २९ गतेबाट हुने

मकवानपुृर । पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यही माघ २९ गतेबाट सुरु हुने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक मकवानपुर जिल्ला फुटबल संघले प्रतियोगिताबारे जानकारी गराएको हो । हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा संचालन हुने प्रतियोगितामा दुई विदेशी टिम, ८ ए...

कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने भएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको पार्टीको पदाधिकारीको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो । कांग्रेसले कुनै पनि बहानामा राष्ट्रपति निर्वाचन नसार्न सरकार र निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)...

नेप्सेमा थप ९ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एक्सल डेभलपमेन्ट बैंकको साधारण सभाबाट पारित भएको ८.५ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ९ लाख ७९ हजार २३ कित्ता आज सूचीकृत भएको हो । सूचीकृतपश्चात सो...

रास्वपा संसदीय दलको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार चयन

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन् । रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेतामा र परियारलाई प्रमुख सचेतकको रुपमा चयन गरेको सो पार्टीका महामन्त्री एवम् प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए । संसदीय दलको...

मकवानपुरका एक जना प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले सोमबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका वडा नम्वर ८ दारिमबासबाट एक किलो अफिमसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय अन्दाजी ५० वर्षीय शेख भिखारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।...

नागरिक उड्डयन प्राधिकरणद्वारा तीन पाइलटलाई कारबाही गर्न निर्देशन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका तीन जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । प्राधिकरणले पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र...

सबै विद्यार्थीले पाठ्यपुस्तक पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यार्थीले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको सोमबार सिंहदरवारमा बसेको बैठकले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक उपलब्ध हुने कुराको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो...