समाचार
हेटौंडामा एक जनाको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ गुम्बाडाँडा मुनि रहेको खोलामा आज बिहान एक जनाको शव फेला परेको छ । बिहान साढे १० बजेको समयमा हाल नामथर वतन नखुलेको अन्दाजी ४५ वर्षीय एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी...
बागमती प्रदेशमा मन्त्रालय घटाउन गठित कार्यदलद्वारा प्रतिवेदन पेश
मकवानपुर । बागमती प्रदेशमा मन्त्रालयले घटाउन गठित कार्यदलले मंगलबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष प्रतिवेशन पेश गरेको छ । प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा रहेको उक्त कार्यदलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यमन्त्री जम्कटट्टेललाई मन्त्रालय घटाउने प्रतिवेदन पेश गरेको हो । गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेले मुख्यमन्त्रीको...
चिया बगानमा युवक–युवती मृत अवस्थामा फेला
काठमाडौं । झापामा आज बिहान एक जना युवक र एक जना युवती मृत अवस्थामा फेला परेका छन् । बिहान जिल्लाको कचनकवल गाउँपालिका–४ केचनामा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरु एभरेष्ट चिया बगानमा मृत भेटिएका हुन् ।दुबै जना झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्...
संघीय संसद् अन्तर्गत दुबै सदनको बैठक बस्दै
काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुबै सदनको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवम् शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ । त्यस्तै,...
वंशगोपाल माविका ३५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ स्थित वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को आयोजना तथा मकवानपुरगढी गाउँपालिका–२ को प्रायोजनमा न्यानो कपडा वितरण गरिएको छ । सोमबार विद्यालयमा अध्ययनरत ३५० जना विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गरिएको हो । नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीलाई जाडोबाट बच्नको लागि न्यानो कपडा...
कांग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता
काठमाडौं । संघीय संसद सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । संघीय संसद् सचिवालयमा कांग्रेसले विपक्षी दलको सुविधा उपलब्ध गराउन निवेदन दिएको थियो । गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि विपक्षी दल को हुने भन्नेबारे प्रश्न खडा भएको थियो...
मोटरसाइकलको ठक्करबाट तामाङको मृत्यु
काठमाडौं । कलंकीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बिहान पौने ७ बजेको समयमा अन्डर पास नजिकै बा.प्र ०२–०४ प ७८३४ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पैदलयात्री १५ वर्षीया कृष्णा तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका...
एकैदिन ३३२ जना फरार प्रतिवादी पक्राउ
बारा । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्धामा फरार ३३२ जनालाई सोमबार एकैदिन पक्राउ गरेको छ । जिल्ला अदालतबाट फैसला कार्यान्वयनको लागि प्राप्त फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउने उद्देश्यले संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत सोमबार ३३२ जनालाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ । प्रहरीका...
समानुपातिक निर्वाचनमा एकीकृत समाजवादीको सबैभन्दा बढी खर्च
काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ‘थ्रेसहोल्ड’ कटाउन नसकेर समानुपातिक सिट पाउनबाट वञ्चित नेकपा एकीकृत समाजवादीले सो निर्वाचनमा सबैभन्दा बढी खर्च गरेको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ राजनीतिक दलले गरेको खर्च विवरण बुझाउन माघ ३ गतेसम्मको समयसीमा तोकेको थियो । निर्वाचन आयोगका...
फागुन २५ गतेभित्रै राष्ट्रपतिको निर्वाचित गर्ने तयारी
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गतेभित्रै राष्ट्रपति निर्वाचन गर्ने तयारी गरेको छ । आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्य पदको निर्वाचन माघ २५मा गर्ने र त्यसपछि फागुन २५ मा राष्ट्रपति निर्वाचन गर्ने गरी तयारी अघि बढाएको हो । आयोगले मितिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग सोमबार...










