समाचार

बागमतीमा मन्त्रि परिषद् विस्तार, युवराज र कुमारी फेरि मन्त्री हुने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज बुधबार मन्त्री परिषद् विस्तार गरेका छन् । नयाँ मन्त्रीहरुको सपथ दुई बजेलाई तय भएको छ । यससंगै बागमतीमा मन्त्री परिषद्ले पूर्णता पाएको छ । आज विस्तारित मन्त्री परिषद्मा आर्थिक मामिला तथा योजना मन्त्रालयमा जगन्नाथ थपलिया, खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयमा उद्धव...

जेसीआई बसामाडीमा जनक भण्डारी पदस्थापित

मकवानपुर । जेसीआई बसामाडीको अध्यक्षमा जनक भण्डारी पदस्थापित भएका छन् । मंगलबार एक समारोहबीच भण्डारीलाई अध्यक्षमा पदस्थापित गरिएको हो । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न पदस्थापन समारोहमा भण्डारीलाई सन् २०२३ का लागि अध्यक्षमा पदस्थापित गरेको हो । यसअघि २३ औं वार्षिक...

राप्रपा नेपालको महाधिवेशन फागुनमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको महाधिवेशन आगामी फागुनमा हुने भएको छ ।सोमबार र मंगलबार दुईदिन बसेको केन्द्रीय समितिको काठमाडौंमा बैठक उक्त निर्णय गरेको हो । बैठकले आगामी फागुन ७, ८ र ९ मा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले ‘राप्रपा नेपाललाई फेरि उठाउँछौ’ भन्ने...

३४ किलो चरेशसहित बिहानै पक्राउ परे तामाङ

काठमाडौं । नेपाल प्रहरीले ३४ किलो चरेशसहित आज बिहानै एक जनालाई पक्राउ गरेको छ । बिहान ३ बजेको समयमा कोटेश्वरबाट ३४.५ किलो चरेश लुकाइराखेको अवस्थामा वीरबहादुर तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । धादिङको गजुरी–८ किरानचोक बस्ने ३२ वर्षीय तामाङलाई प्रहरी निरीक्षक जीवन निरौलाको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ...

संसद भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको मृत्यु

काठमाडौं । मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको मृत्यु भएको छ । आत्मदाह प्रयास गरेका इलामका आचार्यको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बिहान ५ बजेको क्रममा उनको मृत्यु भएको डा. किरण नकर्मी जानकारी दिए ।...

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी भू(भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।...

रवि लामिछानेको नागरिकता विवादमा आजबाट सुनुवाइ हुँदै

काठमाडौं । नागरिकताको विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गहमन्त्री रवि लामिछानेको नागरिकता विवादका विषयमा आजबाट सुनुवाइ सुरु हुँदैछ । नागरिकता त्याग, प्राप्ति र प्रक्रियाका बारेमा विवाद निरूपण गर्न पाँच सदस्यीय संवैधानिक इजलासमा आजबाट सुनुवाइ हुने भएको हो । लामिछाने नेपाली नागरिक रहँदै गर्दा अमेरिकाको नागरिकता लिएको र...

गुणस्तरहीन मोबिल बेचेको आरोपमा २ जना पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट गुणस्तरहीन मोबिल बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका– ३ छपकैया बस्ने ३५ वर्षीय शेष आविद अली र वीरगञ्ज–१७ अलौं बस्ने २३ वर्षीय शेख कौशल रहेका छन् । उनीहरु दुवै वीरगञ्ज–३ छपकैया स्थित समसुन ट्रेडर्सका सञ्चालक हुन् । माघ ९ गते...

भूकम्पमा परेर एक महिलाको मृत्यु

धनगढी । बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय जमुना रोकाया रहेका छन् । मंगलबार दिउँसो २ बजेर...

हेटौंडामा आजबाट राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु हुने

मकवानपुर । हेटौंडामा आजबाट १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ सुरु हुने भएको छ । उक्त मेला मकवानपुर उद्योग वाणिज्य संघको आगोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित सार्वजनिक मैदानमा सुरु हुने भएको हो । मेलाको आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मकवानपुर उद्योग...