समाचार

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । नेकपा एकीकृत समाजवादीको बैठक आगामी माघ २१ र २२ गते बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे ठोस छलफल गर्न केन्द्रीय समिति बैठक आह्वान गरेको पार्टीका महासचिव डा. बेदुराम भुसालले जानकरी दिए । उनका अनुसार, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवम् घटनाक्रमका सन्दर्भमा पार्टीका विभिन्न...

हेटौंडामा आजबाट राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु, मुख्यमन्त्रीद्वारा उद्घाटन

मकवानपुर । हेटौंडामा आजबाट १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ सुरु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आगोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित सार्वजनिक मैदानमा आजबाट मेला सुरु भएको हो । मेलाको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन गरेका छन् । सो क्रममा मुख्यमन्त्री जम्मकट्टेलले मुलुकलाई...

लागूऔषधसहित दुई जना प्रहरीको फन्दामा

काठमाडौं । प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ र सिरहाबाट बुधबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्वर ढाटबाट नियन्त्रित लागूऔषध लुपिजेसिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाइजेपाम १२ एम्पुल र फेनारगन १२ एम्पुलसहित एक जनालाई...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । काठमाडौंबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने गोरखा शहिदलखन गाउँपालिका–९ स्थायी वतन भएकी २७ वर्षीया सीता लामिछाने रहेको प्रहरीले जनाएको छ । सर्वोच्च अदालतको २०७२ फागुन २० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय...

माओवादी निकट अखिल क्रान्तिकारीको प्रवक्तामा मिलन एमसी चयन

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्रवक्तामा मिलन एमसी चयन भएका छन् । अखिल क्रान्तिकारीको पदाधिकारी बैठकले प्यूठानका एमसीलाई प्रवक्ता चयन गरेको हो । पदाधिकारी बैठकको परिपत्र मंगलबार सार्वजनिक भएपछि संगठनका उपाध्यक्ष एमसीले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा जिपी मैनाली थिए । एमसी लामो...

प्रधानमन्त्रीद्वारा मातहतका कार्यालयको ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका विभिन्न आयोग, विभाग र कार्यालयहरूको ब्रिफिङ लिएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले आफू मातहतका कार्यालयको ब्रिफिङ लिएका हुन् । ब्रिफिङमा राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, राष्ट्रिय सतर्कता केन्द्रका सचिव रवीन्द्रनाथ श्रेष्ठ,...

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी दर्ता

रुपन्देही । लुम्बिनीमा राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएका हनु् । नागरिक उन्मुक्ति सत्ता गठबन्धनमै भएपनि धेरै मन्त्रालय हात पार्न बार्गेनिङ गरिरहेको छ ।...

१० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको चौथो दिन नेप्से सूचक १० अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले बढेको नेप्सेमा उतारचढावसँगै मार्केट क्लोज हुँदा सम्म १० अंकले मात्रै बढेर इन्डेक्स २१८३ मा कायम भएको छ । त्यस्तै, नेप्सेमा सूचीकृत २६१ कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता शेयर...

रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको अर्को सुनुवाइ शुक्रबार हुनेगरी हेर्दाहेर्दैमा राखिएको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा लामिछानेको तर्फबाट बुधबार ३ जनाले बहस गरेका छन् । अधिवक्ताहरु वरिष्ठ...

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । प्रदेश प्रमुख शर्माले आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास...