एमालेले केन्द्रीय समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०७९ माघ २२, आईतवार १५:४३
file-photo

काठमाडौं । नेकपा एमालेले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । एमालेको केन्द्रीय समितिको बैठक आगामी माघ २९ र फागुन १ गते दुई दिन बस्ने गरी आह्वान गरिएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी संगठन सुदृढबारे छलफल गर्न बैठक बोलाएको हो । पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले चुनावी समीक्षा, राष्ट्रिय राजनीतिमा आएको फेरबदल र संगठन सुदृढीकरण बैठकका मुख्य एजेण्डा रहने बताए ।

रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ को आयोजना गर्ने भएका छन्। । आइतबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि उनले विशेष पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु’, लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बिहान साढे ११ बजेपछि पार्टी कार्यालयमा बस्दैछ । बैठकले सरकारमा रहने कि नरहने भन्नेबारे निर्णय लिने बताइएको छ ।